aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

सार्वजनिक गाडीलाई विद्युतीयमा बदल्न तयारी

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, ०५ जेठ २०७९
सार्वजनिक गाडीलाई विद्युतीयमा बदल्न तयारी

काठमाडौं । पेट्रोलियम पदार्थबाट चलिरहेका सार्वजनिक सवारीलाई बिजुलीले चल्ने बनाउन सरकारले छलफल थालेको छ । गत चैत दोस्रो साता सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न बाटो खुला गरेपछि नेपालमा भएका सबै सार्वजनिक यातायात साधनलाई विद्युतीयमा बदल्न छलफल थालेको हो ।

सार्वजनिक यातायातमा विद्युतीय गाडी चलाउने बहस चले पनि कार्यान्वयन उत्साहजनक छैन । पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिपछि भने सरकारले आगामी आर्थिक वर्ष बजेटको व्यवस्था गरेर काम अघि बढाउने जानकारी दिएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा सरकारले सार्वजनिक यातायातलाई विद्युतीयमा रुपान्तरण गर्नेसम्बधी दुईदिने गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका विज्ञले सार्वजनिक सवारीलाई विद्युतीय बनाउँदा हुने फाइदाबारे चर्चा गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले इन्धन सवारीका रुपमा दर्ता भएर विद्युतीयमा रुपान्तरण हुने सवारीसाधनले आगामी तीन वर्षसम्म कर छुट पाउने बताए । छिमेकी भारतलगायत विश्वका अधिकांश देशमा विद्युतीय सवारीसाधनले प्राथमिकता पाउँदै गएकाले नेपाल पनि त्यसबाट अछुतो रहन नसक्ने हुँदा आगामी वर्षदेखिनै काम शुरु गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस