aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

४/१२ को सीमा हटाउन लगानीकर्ताको माग

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, ०५ जेठ २०७९
४/१२ को सीमा हटाउन लगानीकर्ताको माग

काठमाडौं । लगानीकर्ताले केन्द्रीय बैंकलाई शेयर लगानीमा ४ करोड तथा करोडको सीमा हटाउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै शेयर लगानीकर्ताका दुई संघ नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले ४ करोड एउटा बैंकर करोडसम्मको सेयर कर्जा ऋणको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्था हटाउन माग गरेका हुन्।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४ करोड तथा १२ करोडको सोमा लगाएको थियो । तर, सेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताहरू केन्द्रीय बैंक गुहार्न पुगेका छन् । साथै, आर्थिक वर्ष २०७९/८० को १ साउनदेखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन पनि लगानीकर्ताका संघले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस