
एजेन्सी । रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १ हजार ७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ।
विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन् । मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ । मे १६ देखि कुल ८० घाइते सहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले बताएको छ।
प्रतिक्रिया दिनुहोस