धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार रामकुमार आचार्य विजयी भएका छन् । आचार्यले आफ्ना प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार रामप्रसाद विडारीलाई पराजित गरेका हुन् । उनले अध्यक्षमा १० हजार ३ सय ५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विडारीले ८ हजार १ सय १६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार यन्त्रबहादुर थापा (जिन्दगी) विजयी भएका छन् । उनी ९ हजार ४ सय ३१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार अम्बिका रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गरिकी हुन् ।
त्यसैगरि, सो गाउँपालिकाको वडा नम्बर १ मा श्यामसुन्दर थापा वडाध्यक्षमा विजयी भएका छन् भने वडा नम्बर २ मा टिकाराम तामाङ विजयी भएका छन् । त्यस्तै, वडा नम्बर ३ मा विजय तामाङ, वडा नम्बर ४ मा आसाराम तामाङ, वडा नम्बर ५ मा सन्तबहादुर तामाङ, वडा नम्बर ६ मा हिराबहादुर थापा, वडा नम्बर ७ मा युवराज खतिवडा, वडा नम्बर ८ मा प्रेमकुमार थापा, वडा नम्बर ९ मा श्यामचन्द्र आचार्य, वडा नम्बर १० मा गोकुलप्रसाद लामिछाने र वडा नम्बर ११ मा शुदर्शन पाण्डे वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस