aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पाकिस्तानले गर्यो अत्यावश्यक वस्तुहरुको आयातमा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ जेठ २०७९
पाकिस्तानले गर्यो अत्यावश्यक वस्तुहरुको आयातमा रोक

एजेन्सी ।  पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ ।

यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । त्यहाँको सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक संकटको समाधानसम्बन्धी कार्यक्रमहरु ल्याएको छ । यहाँ पनि आर्थिक संकट पर्न सक्ने संकेतहरु देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो । त्यसै क्रममा त्यहाँको सरकारले शुक्रबारदेखि यस्ता सामग्रीहरु आयात गर्ने काममा रोक लगाएको त्यहाँका सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिएका हुन् ।

मन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरु देखिन थालेको भन्दै यसका लागि देशबासीहरुले त्यसमा सहयोग गर्नुपर्ने बताए । देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उनले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस