aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

हुवावेलाई क्यानडा सरकारबाट ठूलो झट्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ जेठ २०७९
हुवावेलाई क्यानडा सरकारबाट ठूलो झट्का

एजेन्सी । चीनको दूरसञ्चार कम्पनी हुवावेलाई क्यानडा सरकारबाट ठूलो झट्का लागेको छ । क्यानडा सरकारले Huawei 5G छन् नेटवर्कमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। चीनको जेडटीई कम्पनी पनि यो प्रतिबन्धमा परेको छ । क्यानडाले प्रतिबन्धको कारण राष्ट्रिय सुरक्षालाई देखाएको छ। यसअघि अमेरिका, बेलायत, अष्ट्रेलिया र न्यूजिल्याण्डले पनि हुवावेमाथि प्रतिबन्ध लगाएका थिए ।

क्यानडाका विज्ञान तथा नवप्रवर्तन मन्त्री फ्रान्कोइस-फिलिप शैम्पेनले देशको दूरसञ्चार पूर्वाधारलाई लामो समयदेखि जोगाउन यो निर्णय लिएको बताए । यसअन्तर्गत देशको दूरसञ्चार पूर्वाधारमा हुवावे र जेडटीईका उत्पादन तथा सेवाहरू समावेश गर्न प्रतिबन्ध लगाइएको छ ।

शैम्पेनका अनुसार देशका सुरक्षा निकायको समीक्षा र सल्लाहपछि यो निर्णय गरिएको हो । यो निर्णयपछि क्यानडाको कुनै पनि दूरसञ्चार कम्पनीले हुवावे र जेडटीईका उपकरण र सेवा प्रयोग गर्न पाउने छैनन् । त्यसैगरी जुनसुकै स्वदेशी कम्पनीले यी उपकरण प्रयोग गरिरहेको छ भने प्रतिबन्धित कम्पनीको उपकरण हटाउनु पर्नेछ ।

स्वीडेनलगायत बेलायत, क्यानडा र ब्राजिलले गत वर्ष हुवावेसँगको सम्झौता अस्वीकार गरेका छन्। महामारीका बेला अमेरिका मात्र नभई युरोपका धेरै देशसँग चीनको सम्बन्ध तनावपूर्ण बनेको छ । अब बिस्तारै यी देशहरूले पनि चीनविरुद्ध कदम चालिरहेका छन्। बाँकी युरोपले पनि यही प्रवृत्तिलाई पछ्याइरहेको छ ।

अमेरिका र बेलायतले गत वर्षको सुरुमा हुवावेको सञ्चालन र उपकरणबारे प्रश्न उठाएका थिए । अमेरिकी दबाबपछि अन्तिम समयमा क्यानडा र ब्राजिलले हुवावेलाई ठेक्का दिन अस्वीकार गरेका थिए । चीनले हुवावे मार्फत अन्य देशको जासुसी गरिरहेको अमेरिकी गुप्तचर एजेन्सीहरुले स्पष्ट रुपमा भनेका थिए । यसको प्रमाण पनि दिएको छ ।

सन् २०१८ मा नै डोनाल्ड ट्रम्पले अमेरिकी टेलिकम क्षेत्रमा चिनियाँ उपकरणको प्रयोगमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए। बेलायतले जुलाईमा पनि त्यस्तै गरेको थियो। ब्राजिल र क्यानडाले हुवावेलाई प्रतिबन्ध लगाउन अदालतको आदेशको सहारा लिएका थिए।

प्रतिक्रिया दिनुहोस