aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

शिक्षक तथा कर्मचारीहरूको  पोसाक परिवर्तन

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ०७ जेठ २०७९
शिक्षक तथा कर्मचारीहरूको  पोसाक परिवर्तन

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो ।

केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

केन्द्रले ७ सय ५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिवर्तन गरिएको पोसाक कार्यान्वयन गर्न निर्देशन दिएको हो । केन्द्रले शिक्षक महासंघको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस