aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारत सरकारले पेट्रोलियम पदार्थको अन्तःशुल्क घटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ जेठ २०७९
भारत सरकारले पेट्रोलियम पदार्थको अन्तःशुल्क घटायो

एजेन्सी । भारतको केन्द्र सरकारले पेट्रोलमा आठ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ भारु अन्तःशुल्क घटाउने निर्णय गरेको छ । यसबाट पेट्रोल ९ रुपैयाँ ५० पैसा भारु र डिजेल प्रतिलिटर ७ रुपैयाँ भारु सस्तो हुनेछ । वित्तमन्त्री निर्मला सीतारमणले यो जानकारी दिएकी छिन् । नयाँ दरहरू आज राति १२ बजेदेखि लागू हुनेछन्।

यो राहतपछि अब दिल्लीमा पेट्रोलको भाउ १०५.४१ रुपैयाँ भारुको सट्टा ९५.९१ र  डिजेलको सट्टा ९६.६७ मा  ८९.६७ रुपैयाँ भारुको  हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले जनतालाई मुद्रास्फीतिबाट राहत दिन राज्यहरूलाई अन्तःशुल्क घटाउन सल्लाह दिएका थिए।

हाल सरकारले पेट्रोलमा २७ रुपैयाँ ९० पैसा भारु र डिजेलमा २१ रुपैयाँ ८० रुपैयाँ भारु अन्तःशुल्क लिइरहेको छ । यो कटौतीपछि पेट्रोलमा १९ रुपैयाँ ९० पैसा भारु र डिजेलमा १५ रुपैयाँ ८० रुपैयाँ भारु अन्तःशुल्क लाग्नेछ । 

यसले देशभर पेट्रोल साढे ९ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ सस्तो हुने भएको छ । यसअघि गत मंसिर ३ गते पनि सरकारले पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा १० रुपैयाँ भारु अन्तःशुल्क घटाएको थियो ।  महाराष्ट्र, पश्चिम बंगाल, तमिलनाडु, तेलंगाना, आन्ध्र प्रदेश, केरला र झारखण्डले भ्याटबाट ११,९४५ करोड रुपैयाँ भारु कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस