aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

अमेरिकी अधिकारीको तिब्बती शरणार्थीलाई बारम्बार किन भेट्दैछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ जेठ २०७९
अमेरिकी अधिकारीको तिब्बती शरणार्थीलाई बारम्बार किन भेट्दैछन् ?
फाइल तस्विर

काठमाडौं । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी उपमन्त्री जियाले तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छन् ।

परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती  शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी नभएको बताएको थियो। उनले नेपाल सरकारलाई जानकारी नदिई तिब्बती शरणार्थी शिविरको अवलोकन गरेकी हुन् ।  नेपालमा जियाको भ्रमणलाई लिएर चीन असन्तुष्ट रहेको छ। 

गत बुधबार मात्रै अमेरिकी सहायक विदेशमन्त्री आउनु अघि नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेकी थिइन् । अमेरिकी अधिकारीको भ्रमण र नेपालबाट हुन सक्ने चीन विरोधी गतिविधि र शान्ति सुरक्षाको विषयमा उनले ध्यानाकर्षण गरेको गह मन्त्रालय स्रोतले जनायो । 

प्रतिक्रिया दिनुहोस