
एजेन्सी । भारतका सबै एटीएमहरूले कार्ड बिना पैसा निकाल्न सक्षम बनाउन त्यहाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया(आरबीआइ)ले निर्देशन दिएको छ । रिजर्भ बैंकले सबै बैंकहरूलाई आफ्ना एटीएममा कार्डलेस नगद झिक्ने सुविधा उपलब्ध गराउन आग्रह गरेको हो।
यसका लागि आरबीआईले सर्कुलर जारी गरेको छ । यो सुविधा मार्फत कार्डबिना जुनसुकै एटिएमबाट पैसा निकाल्न सकिन्छ। यसको लागि मात्र Unified Payments Interface (UPI)आवश्यक हुनेछ। मोबाइल पिन जेनरशन गर्नु पर्ने हुन्छ हो। अहिलेसम्म भारतका सबै बैंकमा यो सुविधा नभएको र ५ हजारको कारोबार सीमा पनि छ ।
प्रतिक्रिया दिनुहोस