aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कायरोको अति व्यस्त सवारी चाप कम गर्न  ४.५ अर्ब डलरका दुईवटा मोनोरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
कायरोको अति व्यस्त सवारी चाप कम गर्न  ४.५ अर्ब डलरका दुईवटा मोनोरेल

 मन्ट्रियल । क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ । राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ ।     
     
यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु¥याउने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष ड्यानी डी पर्नाले कायरोको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्न यस परियोजनाले ठूलो सहयोग पु¥याउने बताउनुभयो ।     
     
कम्पनीद्वारा जारी विज्ञप्तिमा आगामी ३० वर्षसम्म मोनोरेलको निर्माण, विकास र मर्मतसम्भारमा तीनवटा कम्पनी मुख्यरुपमा जिम्मेवार रहने उल्लेख छ । कायरोमा हाल करिब दुई करोडभन्दा बढी मानिसको बसोबास छ ।  

मोनोरेलको पहिलो लाइन ३४ माइल (५४ किलोमिटर) को हुनेछ जसले कायरोको पूर्वी भागबाट नयाँ प्रस्तावित प्रशासकीय राजधानीलाई जोड्नेछ । दोस्रो लाइन भने २६ माइलको हुनेछ, र यसले गिजा नगरलाई जोड्नेछ ।  बम्बार्डियरले यसअघि ब्राजिलको साओपाउलो, थाइल्यान्डको बैंकक र चीनको उहुमा मोनोरेल निर्माण र सञ्चालन गरिरहेको छ ।     

 

प्रतिक्रिया दिनुहोस