aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

इन्धनको मूल्यमा भारी वृद्धि, एक सिलिन्डर ग्यासको मूल्य १८ सय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ जेठ २०७९
इन्धनको मूल्यमा भारी वृद्धि, एक सिलिन्डर ग्यासको मूल्य १८ सय

काठमाडौं  । निर्वाचन नसकिदै सरकारले दुई पटक इन्धनको मूल्य गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ ।

अब एक सिलिण्डर ग्यासको मूल्य १८०० रुपैयाँ पर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै कच्चा तेलको मूल्य बढेपछि आयल निगमले पेट्रोल, डिजल र मट्टितेल लिटरमै १० रुपैयाँ बढाएको बताएको छ। 

निगम अझै पनि मूल्य समायोजनपछि पनि मासिकरुपमा एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ, डिजेलमा करिब ३ अर्ब ४० करोड रुपैयाँ र पेट्रोलमा करिब १ अर्ब रुपैयाँ घाटा छ ।

 

प्रतिक्रिया दिनुहोस