
एजेन्सी । ६७ वर्षिय भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । किड्नी टन्सप्लान्ट गरेकी स्व मंगलबार राती एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।
सानै उमेरदेखि राजनीतिमा चासो राख्ने स्वराजले पहिलो चुनाव सन् १९७७ मा २५ वर्षको उमेरमा लडेकी थिइन् । हरियाणबाट चुनाव लडेकी उनी त्यसबेला सबैभन्दा युवा विधायक बनेकी थिइन् । त्यसलगत्तै उनी मन्त्री समेत बनेकी थिइन् । त्यसपछि सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री समेत बनेकी थिइन् ।
१९९६ मा उनी दक्षिणी दिल्लीबाट उनी सांसद बनेकी थिइन् । त्यसबेला उनी तत्कालीन अटलबिहारी बाजपेयीको सरकारमा १३ दिन सञ्चारमन्त्री समेत बनेकी थिइन् । सन् २००९ र २०१४ मा लगातार भाजपाको तर्फबाट लोकसभा चुनाव जितेकी थिइन् । १९५२ मा जन्मेकी स्वराज इंदिरा गांधीपछि विदेश मन्त्रालय सम्हाल्न दोस्रो भारतीय महिला हुन ।
प्रतिक्रिया दिनुहोस