
एजेन्सी । भारतको केरला र राजस्थान पछि, महाराष्ट्रले पेट्रोल र डिजेलमा भ्याट घटाएको छ । भारतको केन्द्र सरकारले अन्तःशुल्क घटाएपछि राज्यहरूले करमा छुट दिन थालेका छन् । केरला र राजस्थानपछि महाराष्ट्रले पेट्रोलमा २.०८ रुपैयाँ र डिजेलमा १।४४ रुपैयाँ भ्याट घटाएको छ।
राजस्थान सरकारले पनि पेट्रोलमा प्रतिलिटर २.४८ रुपैयाँ र डिजेलमा १.१६ रुपैयाँ प्रतिलिटर भ्याट घटाएको छ। अर्कोतर्फ अटो उद्योगको संस्था सियामले सिएनजीको मूल्य घटाउन सरकारसँग माग गरेको छ ।
केन्द्र सरकारले पेट्रोलमा आठ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ भारु अन्तःशुल्क घटाउने निर्णय गरेको छ । यसबाट पेट्रोल ९ रुपैयाँ ५० पैसा भारु र डिजेल प्रतिलिटर ७ रुपैयाँ भारु सस्तो हुनेछ । वित्तमन्त्री निर्मला सीतारमणले यो जानकारी दिएकी छिन् । नयाँ दरहरू आज राति १२ बजेदेखि लागू हुनेछन्।
यो राहतपछि अब दिल्लीमा पेट्रोलको भाउ १०५.४१ रुपैयाँ भारुको सट्टा ९५.९१ र डिजेलको सट्टा ९६.६७ मा ८९.६७ रुपैयाँ भारुको हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले जनतालाई मुद्रास्फीतिबाट राहत दिन राज्यहरूलाई अन्तःशुल्क घटाउन सल्लाह दिएका थिए।
हाल सरकारले पेट्रोलमा २७ रुपैयाँ ९० पैसा भारु र डिजेलमा २१ रुपैयाँ ८० रुपैयाँ भारु अन्तःशुल्क लिइरहेको छ । यो कटौतीपछि पेट्रोलमा १९ रुपैयाँ ९० पैसा भारु र डिजेलमा १५ रुपैयाँ ८० रुपैयाँ भारु अन्तःशुल्क लाग्नेछ ।
यसले देशभर पेट्रोल साढे ९ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ सस्तो हुने भएको छ । यसअघि गत मंसिर ३ गते पनि सरकारले पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा १० रुपैयाँ भारु अन्तःशुल्क घटाएको थियो ।
महाराष्ट्र, पश्चिम बंगाल, तमिलनाडु, तेलंगाना, आन्ध्र प्रदेश, केरला र झारखण्डले भ्याटबाट ११,९४५ करोड रुपैयाँ भारु कमाएका थिए ।
प्रतिक्रिया दिनुहोस