
घरेलु प्रविधिबाट उत्पादित छुर्पीको गुणस्तर परीक्षण नहुँदा नेपाली छुर्पीको बजार गुम्ने जोखिम बढेको छ ।
कुकुरको आहाराका लागि विदेश निर्यात हुँदै आएको प्रदेश नम्बर १ का पहाडी जिल्लामा उत्पादित छुर्पीको गुणस्तरमाथि प्रश्न उठेको छ ।
धनकुटा, इलाम, तेह्रथुम र संखुवासभालगायत प्रदेश नम्बर १ का पहाडी जिल्लामा ३ सयको हाराहारीमा घरेलु प्रविधिमा आधारित छुर्पी उद्योग छन् ।
यस्ता हरेक उद्योगले दैनिक १५ देखि दुई सय ५० किलोसम्म छुर्पी उत्पादन गर्छन् । उत्पादित ८० प्रतिशत छुर्पी घर पालुवा कुकुरको आहाराका लागि अमेरिका, जापान, ताइवान, कोरिया, क्यानडालगायतका मुलुकमा निर्यात हुँदै आएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस