aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

डिजिटल अर्थतन्त्रमा बैंकिङ ठगीको खतरा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
डिजिटल अर्थतन्त्रमा बैंकिङ ठगीको खतरा बढ्यो

एजेन्सी । डिजिटल अर्थतन्त्रमा बैंकिङ ठगीको खतरा बढेको छ । जनताको बैंक खाताबाट पैसा निकाल्ने ठगहरुले विभिन्न युक्तिहरु अपनाईरहेका छन् । यस्तै एउटा घटना भारतका वित्तीय क्षेत्रको घटना सार्वजनिक भएको छ । जसमा भारीय स्टेट बैंक(एसबीआई)का ग्राहकहरुलाई नक्कली म्यासेज पठाइर ठगी गरेको छ । भारत सरकारले यस्ता म्यासेज बैंकबाट नपठाएर ठगको गिरोहले यो काम गरिरहेको भन्दै सचेत गराएको छ । सरकारले जनतालाई यो सन्देश तुरुन्तै मेटाउन आग्रह गरेको छ ।

एक ट्वीटमा, PIB ले SBIका ग्राहकहरूलाई सन्देशको बारेमा चेतावनी दिएको छ । जसमा मानिसहरूलाई उनीहरूको बैंक खाता ब्लक गरिएको छ भनेर भनिएको छ। वास्तवमा यी सन्देशहरू ठगी मानिसहरूले पठाइरहेका छन्। PIB ले मानिसहरूलाई यो सन्देशको जवाफ नदिन आग्रह गरेको छ। यदि कलमा बैंक खाता लक भएको छ भनेर भन्यो भने, प्रतिक्रिया नदिन भनेको छ। यदि सन्देशको लिङ्कमा क्लिक गर्न भनिएको छ भने, त्यसो पनि नगर्न भनेको छ ।

यदि कसैले इमेल वा मेसेज मार्फत व्यक्तिगत वा बैंकिङ विवरण माग्यो भने भुलेर पनि दिने गल्ती नगर्नुहोस्। नक्कली सन्देशमा क्द्यक्ष् ग्राहकहरूलाई भनिएको छ, खातावाला, SBI बैंकको कागजातको म्याद सकिएको छ। अब खाता अवरुद्ध हुनेछ। यो लिङ्कमा क्लिक गर्नुहोस् र नेटबैंकिङ मार्फत अपडेट गर्नुहोस्। म्यासेज हेर्दा SBI बाट आएको होइन जस्तो लाग्छ । सन्देशमा व्याकरण गल्ती मात्रै होइन, ढाँचा पनि गडबड भएको छ। पठाइएको लिङ्क पनि SBIको आधिकारिक वेबसाइटबाट छैन।

प्रतिक्रिया दिनुहोस