aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

एनसेलको फैसला मिति सरेको सरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
एनसेलको  फैसला मिति सरेको सरै

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर निर्धारण विवादको फैसला गर्ने मिति सरेको छ ।

सर्वोच्चको बृहत पूर्ण इजलासले एक महिना अघि नै मङ्गलबार निर्णय सुनाउने मिति तय गरेको थियो ।

बहस सकिएपछि असार २१ गते नै न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर हाही, सुस्मालता माथेमा र डा. मनोजकुमार शर्माको इजलासले निर्णयको मिति तोकेको थियो तर मङ्गलबार निर्णय हुन सकेन ।

अर्को साता निर्णय सुनाउने तयारी गरिए पनि मिति यकिन भइसकेको छैन ।

खरिद–बिक्रीको लाभकर कसले तिर्ने भन्ने विवादबीच सर्वोच्चको बृहत पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेल–एक्जियाटाबाट कर असुल गर्न आदेश दिएको थियो ।

कार्यालयले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपियाँ कर निर्धारण गरेको थियो । जसमा अदालतको आदेश अनुसार त्यसअघि तिरिसकेको २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपियाँ घटाएको थियो ।

कार्यालयले ३९ अर्ब छ करोड छ लाख मात्र ८४ हजार ८१५ रुपियाँ एक साताभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस