aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अदानी समूहका दुई कम्पनीको शेयर रकेट बने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
अदानी समूहका दुई कम्पनीको शेयर रकेट बने

एजेन्सी । अदानी समूहका दुई मल्टिब्यागर स्टक केही दिनको सुधारपछि फेरि रकेट बनेका छन् । अदानी विल्मार र अदानी पावर फेरि पुरानै लयमा फर्किएका छन्। पछिल्ला केही दिनदेखि दुवै शेयरको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । अदानी पावरले यस्तो उछाल देखाएको छ कि यो शेयरको मूल्य हालसम्मकै उच्चमा पुगेको छ ।

अदानी पावरको सोमबारको कारोबारमा अदानी पावरको अपर सर्किटमा परेको थियो । ग्लोबल इन्डेक्स प्रदायक मोर्गन स्टेनली क्यापिटल इन्टरनेशनलले अदानी समूहको यो स्टकलाई आफ्नो ग्लोबल इन्डेक्समा समावेश गरेको छ । त्यसपछि पछिल्लो सात सत्रमा यसको मूल्य ३५ प्रतिशतले बढेको छ । अर्थात् सोमबारको कारोबारमा यो लगातार सातौं सत्र थियो, जब अदानी पावरको शेयरमा अपर सर्किट लागेको थियो ।

अदानी पावर आज २.९ प्रतिशतले बढेर ३२१ रुपैयाँ भारुमा कारोबार सुरु गरेको छ । कारोबार बन्द भएपछि यो ४ दशमलव ९८ प्रतिशतले बढेर ३२७.५ रुपैयाँ रुपैयाँको कीर्तिमानी उचाइमा पुगेको छ । यसअघि शुक्रबार ५ प्रतिशतले बढेर रु ३११ दशमलव ९५ पुगेको थियो । आज ८.४१ लाख शेयर कारोबार भएको छ । जसमा २७ करोड ३७ लाखको कारोबार भएको छ ।

 अहिले कम्पनीको एमक्याप बीएसईमा १.२६ लाख करोड रुपैयाँ पुगेको छ, जुन केही दिनअघि ०१ लाख करोड रुपैयाँभन्दा कममा झरेको थियो। कारोबार सुरु हुने बित्तिकै, अदानी विल्मरको शेयर बीएसईमा ७३१.९० मा खुल्यो । जुन अघिल्लो दिनको तुलनामा बलियो भयो। 

यसअघि शुक्रबार यो स्टक रु ७०१.६५ भारु मा बन्द भएको थियो । कारोबार बन्द भएपछि ५ प्रतिशतले बढेर ७३६.७० रुपैयाँमा बन्द भयो । पछिल्लो ५ दिनमा यस शेयरको मूल्य २३ दशमलव ४० प्रतिशतले बढेको छ । यसको एमक्याप हाल ९५,७४७.३२ करोड रुपैयाँ भारु छ।

प्रतिक्रिया दिनुहोस