aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मध्य इरानमा लडाकु विमान दुर्घटना, २ पाइलटको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
मध्य इरानमा लडाकु विमान दुर्घटना, २ पाइलटको मृत्यु

तेहरान । इरानको मध्य इस्फाहान प्रान्तमा मङ्गलबार  एफ-७ लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको तस्निम समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

 एफ-७ विमान घटनाको समयमा इस्फाहानको अनारक क्षेत्रमा प्रशिक्षण अभियानमा रहेको  राजनीतिक, सुरक्षा र सामाजिक मामिलाका लागि इस्फाहानका डेपुटी गभर्नर मोहम्मद रेजा जान(नेसारीले बताएका छन् ।  इरानी सेनाको उक्त विमानमा प्राविधिक समस्या देखिएको जनाइएको छ ।  सिन्ह्वा

प्रतिक्रिया दिनुहोस