
काठमाडौं । राष्ट्रिय महत्वका ऐतिहासिक दस्तावेजको अवस्थाबारे जानकारी लिन परराष्ट्रमन्त्र र शिक्षमन्त्री उपस्थित संसदीय समिति बैठकमा पूर्व शिक्षा मन्त्री दीनानाथ शर्माले डिग्री पढ्ननपाएको गुनासो पोखे ।
उनले पढ्न नपाउनुको कारण थियो–शैक्षिक निकायमा योग्यताको प्रमाणपत्रको रेकर्ड नभेटिनु ।
राष्ट्रिय सभाको प्रयायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मङ्गलबारको बैठकमा शर्माले चार दशकअघिका आफ्ना शैक्षिक प्रमाणपत्र पनि नभेटिएकोमा दुःख व्यक्त गरे ।
‘शान्ति प्रक्रियापछि मैले डिग्री पढ्न खोजें तर युद्घकालमा सेनाले घरका सबै कागजात जलाइदियो, मसँग एउटै शैक्षिक प्रमाणपत्र थिएन,’ नेकपा नेता समेत समेत रहेका उनले भने, ‘शिक्षा मन्त्रालय गएँ, परिक्षा नियन्त्रण कार्यालय बल्खु गएँ तर अहिलेसम्म रेकर्ड पाउन सकेको छैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस