aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चोरेको पैसाले मिसाइल परिक्षण !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
चोरेको पैसाले मिसाइल परिक्षण !

एजेन्सी । संयुक्त राष्ट्र संघको एक रिपोर्ट अनुसार उत्तर कोरियाले आफ्नो हतियार बिस्तार कार्यक्रमको लागि साइबर हमलाको मध्यम बाट पुंजी जुटाईरहेको छ ।  

हालै लिक भएको संयुक्त राष्ट्रसंघको रिपोर्टका अनुसार उत्तर कोरियाले  वित्तीय संस्थाहरु र क्रिप्टोकरेंसी एक्सचेंजलाई निशाना बनाएर करीब दुइ अर्व अमेरिकी डलर चोरी गरेको छ ।

समाचार संस्था बीबीसीका अनुसार संयुक्त राष्ट्र विशेषज्ञको एक टीम उत्तर कोरियाबाट भएका कम्तिमा ३५ वटा यस्ता घटनाको जांच गरिरहेको छ । 

यसरि संकलित रकमबाट उत्तर कोरिया लगातार मिसाइल परिक्षण गरिरहेको छ । उसले हिजो मंगलवार मात्र पनि दुइवटा मिसाइलको परीक्षण गर्यो । उत्तरकोरियाले गएको दुइ हप्तामा गरेको यो चौथो परिक्षण हो । 

प्रतिक्रिया दिनुहोस