aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

हिन्दुस्तान जिंकको शेयर भारत सरकारले बेचेपछि शेयरमा उछाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ जेठ २०७९
हिन्दुस्तान जिंकको शेयर भारत सरकारले बेचेपछि शेयरमा उछाल

एजेन्सी । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार हिन्दुस्तान जिंकको शेयर बिक्रीलाई अनुमोदन गरेको छ। सरकारले यस फर्मको सम्पूर्ण होल्डिङ बिक्री गरेको छ । भारतीय केही सञ्चारमाध्यमका अनुसार कम्पनीमा लगभग २९.५४ प्रतिशत शेयर सरकारी रहेको थियो ।

यसको मूल्य ३९,३८५.६६ करोड रुपैयाँ भारु छ। यो खबर बाहिरिएपछि हिन्दुस्तान जिंकको शेयर ४.१० प्रतिशतले बढेर रु ३०७.५० मा बन्द भयो । दिनको कारोबारमा रु ३१८ पुगेको थियो ।

२००२ मा, सरकारले हिन्दुस्तान जिंकको २६ प्रतिशत शेयर स्टरलाइट अप्च्युनिटिज एण्ड भेन्चर्स लिमिटेडलाई व्यवस्थापनका साथै ७४९ करोड रुपैयाँ भारुमा बेचेको थियो। 

प्रतिक्रिया दिनुहोस