aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

ग्राहकको अभिलेख नराखेको भन्दै होटल सञ्चालक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
ग्राहकको अभिलेख नराखेको भन्दै होटल सञ्चालक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नियमविपरित होटल व्यवसाय गर्ने एक सञ्चालकलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार कास्की पोखरा महानगरपालिका – ८ पृथ्वीचोकमा रहेको होटल कोशी एण्ड रितिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतोलाई नियमअनुसार ग्राहकको अभिलेख नराखेको पाइएपछि पक्राउ गरिएको हो ।

पक्राउ महतोलाई कानुनी कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । 

उनलाई साउन २१ गते पक्राउ गरिएको हो । होटल सञ्चालक महतोले गत जेठ ३० गते भारत घर भएका ३ जनालाई होटलमा बास दिएर कुनै अभिलेख नराखेको र ति व्यक्ति समेतको योजनामा असार १ गते लक्ष्मी परियारको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस