aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

अमेरिकामा डाक्टरको गल्तीको १३ अर्ब ७६ करोड विरामीलाई क्षतिपूर्ति दिन आदेश

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १३ जेठ २०७९
अमेरिकामा डाक्टरको गल्तीको १३ अर्ब ७६ करोड विरामीलाई क्षतिपूर्ति दिन आदेश

काठमाडौं । अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई खुट्टाको शल्यक्रियामा लापरबाही गरेको भन्दै एक अस्पताललाई ११ करोढ १० लाख (१३ अर्ब ७६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति भराउने फैसला गरेको छ । क्षतिपूर्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालका नाममा आदेश दिएको हो ।

सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालमा शल्यक्रिया गर्दा चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिक रूपले अपांगता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हालेका थिए । उनले शल्यक्रियामा भएको लापरबाहीबापत क्षतिपूर्ति माग गरेका थिए । थापाले दिएको निवेदनमा सुनुवाइ गर्दै मिनियसोटा अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

मिनियसोटा अदालतले गत साता गरेको सो फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षतिपूर्ति हुन सक्ने अमेरिकी समाचार संस्था एसोसिएट प्रेस ९एपी०ले जनाएको छ । एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरुद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए । थापाले सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँचिएको थियो ।

प्रतिक्रिया दिनुहोस