aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बालुवाटारपछि अब खुलामञ्च पनि बिक्री !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
बालुवाटारपछि अब खुलामञ्च  पनि बिक्री !

काठमाडौं, वैशाख १२ । बालुवाटार बिक्री भएको खबरले चर्चा पाइरहेका बेला फेरि खुलामञ्च बिक्री भएको भन्दै अभियान्ताहरु आन्दोलनमा उत्रिएका छन् ।
पुरानो बसपार्कमा टावर निर्माण गर्ने ठेक्का पाए पनि वर्षौदेखि अलपत्र पारेको ठेकेदारले काठमाडौं महानगरपालिकाका पदाधिकारीसँगको मिलेमतोमा खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमा ४० भन्दा बढी सटर निर्माण गरेपछि अभियान्ताहरु आन्दोलित भएका हुन् ।
एकातिर अवैधरुपमा खुलामञ्चमा सटर हाल्न दिनु र अर्कोतिर व्यवसायीसँग सलामीवापत लाखौं रुपैयाँ असुल्दा पनि महानगर तथा स्थानीय प्रशासनले वेवास्ता गरेको अभियान्ताहरुको आरोप छ । बिहीबार खुलामञ्च बिक्री भएको भन्दै त्यहाँ निर्माण गरिएका सटर भत्काउन माग गर्दै प्रर्दशन भएको छ ।  पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान, विद्यार्थी नेतृ मानुषी भट्टराई यमीलगायतले प्रदर्शन गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस