aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनमाथि गलत आरोप लगाएको चिनियाँ विदेश मन्त्रालयको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ जेठ २०७९
अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनमाथि गलत आरोप लगाएको चिनियाँ विदेश मन्त्रालयको दावी

बेइजिङ । अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सञ्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक टिप्पणी दिएको भिनिया विदेश मन्त्रालयले जनाएको छ । 

व्लिङ्केनको भाषणले चीनबारे ‘गलत सूचना फैलाएको, चीनबाट सुरक्षा खतरा हुने भन्ने बिषयलाई बढाइचढाइ गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको स्वदेश तथा तथा विदेश नीतिलाई निन्दा गरेको’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा बताए । 

चीनले आफ्नो बढ्दो प्रभाव र विश्वव्यापी महत्वाकांक्षाबारे हालैका दिनहरूमा संयुक्त राज्य अमेरिका र उसका पश्चिमी सहयोगी राष्ट्रहरूबाट चेतावनीको स्वरको सामना गर्नुपरेको छ । बिहीबारको भाषणमा ब्लिन्केनले चीनको ‘अन्तरराष्ट्रिय अवस्थालाई पुनः आकार दिने अभिप्राय” बारे चेतावनी दिएको र विश्वव्यापी व्यवस्थामा सुरक्षाको लागि आह्वान गरेका थिए । 

उनले बेइजिङलाई आफ्नो इलाकाको भागको रूपमा चीनले दाबी गरेको स्वशासित द्वीप ताइवानमाथि तनाव बढाएको आरोप पनि लगाए । उनले बेइजिङले “विश्वभरका देशहरूसँग ताइवानको सम्बन्धलाई टुटाएको र यसलाई अन्तरराष्ट्रिय संगठनहरूमा भाग लिनबाट रोकेको आरोप लगाएका थिए । 

ब्लिङ्केनको भाषणको ‘खरो रूपमा खण्डन’ गर्दै चीनले यसको कुटनीतिकरूपमा विरोध गर्ने वाङले बताए । उनले भने, “वासिङ्टनले ‘चीनको विकासलाई रोक्न, दबाउन र अमेरिकी शासन र शक्ति कायम राख्न’ प्रयास गरेको देखिन्छ ।” एएफपी

प्रतिक्रिया दिनुहोस