aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतीय नक्कली नोट छ्यापछ्याप्ती, ३१ मार्चसम्म आरबीआईमा जम्मा भएकामध्ये ८७.१ प्रतिशत नक्कली नोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ जेठ २०७९
भारतीय नक्कली नोट छ्यापछ्याप्ती, ३१ मार्चसम्म आरबीआईमा जम्मा भएकामध्ये ८७.१ प्रतिशत नक्कली नोट

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई) का अनुसार आर्थिक वर्ष २०२१(२२ मा नक्कली नोटको संख्यामा उल्लेख्य वृद्धि भएको छ। आरबीआईका अनुसार एक वर्षमा ५०० रुपैयाँको नक्कली नोट दोब्बर भएको छ । गत वर्षको तुलनामा राष्ट्र बैंकले ५ सय दरका १०१ दशमलव ९ प्रतिशत र २ हजार दरका ५४ दशमलव १६ प्रतिशत बढी नोट फेला पारेको छ । नक्कली नोटको बढ्दो संख्या चिन्ताजनक छ ।

आरबीआईले ३१ मार्च २०२२ सम्म बैंकमा जम्मा भएका ५०० र २ हजार रुपैयाँका नोटमध्ये ८७.१ प्रतिशत नक्कली नोट भएको बताएको छ । यो संख्या ३१ मार्च २०२१ सम्म ८५.७ प्रतिशत थियो। यो मार्च ३१, २०२२ सम्म चलनमा रहेका कुल नोटको २१.३ प्रतिशत रहेको बैंकले जनाएको छ ।

अन्य नोटको कुरा गर्ने हो भने अघिल्लो वर्षको तुलनामा १० रुपैयाँका नक्कली नोट १६.४ प्रतिशत र २० रुपैयाँका नोट १६.५ प्रतिशतले बढेको छ । यसबाहेक दुई सय रुपैयाँको नक्कली नोटमा ११.७ प्रतिशतले वृद्धि भएको छ । राम्रो कुरा के हो भने गत वर्षको तथ्यांक हेर्दा यो आर्थिक वर्षमा ५० रुपैयाँको नक्कली नोट २८.७ प्रतिशतले घटेको छ भने १०० रुपैयाँको नक्कली नोट १६.७ प्रतिशतले घटेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ८ नोभेम्बर २०१६ मा साँझ ८ बजे टिभीमा ५०० र १ हजारका नोटहरू बन्द गर्ने घोषणा गरेका थिए। यसपछि ५ सयको नोट नयाँ ढाँचामा आयो । २०००ण् को नोट नोटबंदी पछि मात्र अस्तित्वमा आयो।

सरकारले नक्कली नोटमाथि कारबाही गर्नु नै नोटबन्दीको कारण बतायो । यस्तो अवस्थामा फेरि एकपटक नयाँ नोटको नक्कली नोट आउनु पनि सरकारका लागि चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस