
एजेन्सी । देशमा लगातारको विद्युत् अभावलाई मध्यनजर गर्दै सरकारी स्वामित्वको कोल इन्डियाले ठूलो निर्णय गरेको छ । कोल इन्डियाले ७ वर्षपछि कोइला आयात गर्न लागेको हो । सन् २०१५ पछि कोल इन्डियाले आयात गर्ने यो पहिलो पटक हो । मेमा देखिएको विद्युत संकटबाट बच्न यस्तो गरिएको हो । अहिले मुलुक विगत ६ वर्षयताकै सबैभन्दा ठूलो विद्युत् संकटबाट गुज्रिरहेको छ ।
विद्युत मन्त्रालयले गत मे २८ मा लेखेको पत्र अनुसार कोल इन्डियाले सरकार–सरकार आधारमा कोइला आयात गर्नेछ । यो कोइला राज्य ऊर्जा उत्पादक र स्वतन्त्र ऊर्जा उत्पादक (आईपीपी) को थर्मल पावर प्लान्टहरूलाई आपूर्ति गरिनेछ । कोल इन्डिया विश्वको सबैभन्दा ठूलो कोइला कम्पनी हो ।
ऊर्जा मन्त्रालयबाट यो पत्र कोइला सचिव र कोल इन्डियाका अध्यक्ष सहित सबै शीर्ष केन्द्रीय र राज्य ऊर्जा अधिकारीहरूलाई पठाइएको छ । २०२२ को तेस्रो त्रैमासिकमा देशले कोइला अभावको सामना गर्ने अपेक्षा गरिएको छ । यो अवधिमा बिजुलीको माग पनि बढ्नेछ ।
विद्युत मन्त्रालयको पत्र अनुसार राज्यहरूले कोइला आयातका लागि छुट्टाछुट्टै टेन्डर जारी गर्दा अवरोध हुने सम्भावना रहेको भन्दै कोल इन्डियामार्फत केन्द्रीय तहमा आयातको माग गरिएको थियो ।
यस महिनाको सुरुमा, सरकारले घरेलु कोइलाबाट सञ्चालित सबै राज्य र कम्पनीहरूलाई कम्तीमा १० प्रतिशत कोइला आयात गर्न निर्देशन दिएको थियो । शनिबार ऊर्जा मन्त्रालयले राज्यहरूलाई प्रक्रिया अन्तर्गत रहेका सबै टेन्डरहरू स्थगित गर्न भनेको छ ।
मन्त्रालयले प्रक्रिया अन्तर्गत टेन्डरलाई न्यूनतम दरमा कोइला खरिदका लागि प्रतीक्षा सूचीमा राख्न सकिने बताएको छ । कोइला आयातको लागि राज्यहरू र स्वतन्त्र ऊर्जा उत्पादकहरू ( प्रक्रियाले जिटुजी रूपमा खरिद गर्नेछ ।
प्रतिक्रिया दिनुहोस