
काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई भारित औसत विधिबाट पुँजीगत लाभकर गणना विधिको समस्या ३ दिनभित्र समाधान गर्न लिखित निर्देशन दिएको छ । अर्थ मन्त्रालयले मंगलबार बोर्डलाई यस्तो निर्देशन दिएको हो ।
मंगलबार अर्थ मन्त्रालयले धितोपत्र बोर्ड सहितका निकायलाई बोलाएर छलफल समेत गरेको थियो । अर्थ मन्त्रालयको निर्देशनपछि अब बोर्ड यो समस्याको समाधान निकाल्न बाध्य हुने भएको छ । यसअघि बोर्डले कर निर्धारण सम्बन्धी काम आफ्नो नभएको भन्दै पन्छिंदै आएको थियो ।
यसअघि अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड, नेप्से, सीडीएस तथा लगानीकर्ताहरुबीच भएको संयुक्त बैठकमा पनि धितोपत्र बोर्डले यो समस्या समाधान गर्ने सहमति भएको थियो । त्यतिबेला बोर्डको सञ्चालक समिति बैठक बसेर समस्या समाधान गरिने उल्लेख गरिएको थियो । तर त्यसो सहमति कार्यान्वयन भएपछि अर्थ मन्त्रलायले बोर्डलाई पुनः लिखित आदेश दिएको हो ।
२०५८ देखि २०७६ असार मसान्तसम्मको सेयर कारोबारको औसत मूल्य निकाली यसैलाई लागत मूल्य कायम गर्ने सहमति भएको हो । यसअघि साउन ८ गते धितोपत्र बोर्ड, नेप्से, सीडीएसी, ब्रोकर र लगानीकर्ताका संगठनबीच यही विधिलाई आधार मान्ने निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस