aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

जनार्दन शर्माको बजेटमा पूर्वमन्त्रीहरुको यस्तो प्रतिक्रिया आयो

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १६ जेठ २०७९
जनार्दन शर्माको बजेटमा पूर्वमन्त्रीहरुको यस्तो प्रतिक्रिया आयो

काठमाडौं  । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९र८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ ।

अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि  कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा.रामशरण महत र पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेटमा धेरै सुधार देखिएको प्रतिक्रिया दिए । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले प्राथमिकता भुलेर दीर्घकालीन महत्वका योजनामा केन्द्रित बजेट ल्याएको बताए । 

पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “सामान्यतया बजेट राम्रै छ । यो मध्यम स्तरको बजेट हो । यतिबेला हामीलाई चाहिएको रूपान्तरणकारी बजेट नै हो । त्यो आउन नसकेपछि बजेटका कतिपय पक्ष राम्रा छन् ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले कृषि, ऊर्जा, पर्यटन र कनेक्टिभिटीलाई महत्वसाथ अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस