aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

सिञ्जा राजमार्गलाई रु ३० करोड

  • रासस
    रासस
  • बुधबार, २२ साउन २०७६
सिञ्जा राजमार्गलाई रु ३० करोड

जुम्ला । जुम्ला प्रदेशसभा (ख) का सदस्य पदमबहादुर रोकायाले नाग्म गमगडी (सिञ्जा) राजमार्गका लागि प्रदेश सरकारले रु ३० करोड विनियोजन गरिएको बताएको छ ।

नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सिञ्जा, कनकासुनदरी, हिमा र तिला गाउँपालिकाका लागि प्रदेश सरकारको ८५ वटा योजना रहेको जानकारी दिए । यो निर्वाचन क्षेत्रमा सिञ्जामा खस सङ्ग्रहालय, पाण्डव गुफा, केदारनाथ मन्दिर रहेको उल्लेख गर्दै सांसद रोकायाले नेपाली खस सभ्यताको उद्गमस्थल सिञ्जामा खस सम्मेलनसमेत हुने जानकारी दिए ।

सडक, पर्यटन, कृषि, सिँचाइ, तटबन्ध, विद्यालय, हेलिप्याड निर्माणलगायतका योजना र भइरहेका कामको बारेमा पनि उहाँले जानकारी दिए । डिजेल प्लान्टबाट बत्ती विगत २१ दिनदेखि अँध्यारोमा रहेका जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बलेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट अल्पकालीनरुपमा बत्ती बालिएको हो ।

महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु ५० लाख डिजेल प्लान्टमा विनियोजन गर्ने भनेपछि रु २४ लाख ६० हजारको खर्चमा डिजेलप्लान्ट खरीद गरी सञ्चालनमा ल्याइएको साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए । बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । बत्ती बलेपछि यहाँका दैनिक पत्रिकासमेत सञ्चालनमा आएका छन् । विद्यार्थीलाई पढ्न, मोबाइल तथा सञ्चार सामग्री चार्जर गर्न सजिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस