
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँच पु¥याउन मुहान र स्रोत संरक्षणमा बढी जोड दिएर खानेपानी विधेयक ल्याईएको बताएकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाई विधेयकको विषयमा आफ्नो भनाई राख्दै खानेपानी मन्त्री मगरले मुहान संरक्षणलाई बढी जोड दिईएको स्पष्ट पारेको छ । डिप बोरिङ गरेर जमिन मुनिबाट पानी निकाल्ने प्रवृत्ति बढेकाले मुहानहरु सुक्दै जान थालेको बताइन् ।
मन्त्री मगरले संसदमा भनिन् “हामीले मुहानहरुको संरक्षण गर्ने कार्यलाई विधेयकमा बढी जोड दिएका छौं । यो विधेयकमा मुहानको वरिपरी प्रदुषित गर्नेलाई नियन्त्रण गर्ने प्रावधान पनि राखेका छौं । स्रोत र मुहानलाई सफा राख्ने विषयलाई पनि समेटेका छौं ।”
त्यस्तै खानेपानीको समस्या विकराल छ । विश्वको दोस्रो धनी राष्ट्र हुँदाहुँदै पनि जनता काकाकुल छन् । महिलाहरुले घण्टौं घण्टा लगाएर पानी ल्याउनु पर्ने स्थिति छ । पहाडमा मात्रै होइन तराईमा पनि खानेपानीको समस्या व्याप्त छ । जनताले तराईमा प्रशोधित पानी खान पाएका छैनन् । तराईको आर्से्निक समस्या हल गर्न आर्से्निक मुक्त पानी खुवाउन प्रदेश सरकारसँग समन्वय गरेर संघ सरकारले आयोजनाहरु तयार गर्दैछ ।
देशैभरि खानेपानीको सुनिश्चितता गर्न मन्त्रालयले थोक वितरण प्रणालीको रुपमा नदीहरुको डिपीआर तयार पार्ने कार्य यसै आर्थिक वर्षमा गर्ने मन्त्री मगरले जानकारी दिइन् । उनले खानेपानीको क्षेत्रमा दीर्घकालीन र अल्पकालीन योजनाहरु बनाएर काम अगाडि बढाईरहेको स्पष्ट पारिन ।
मेलम्चीको विषयमा संसदमा उठाइएको प्रश्नको जवाफ दिंदै मन्त्री मगरले मेलम्चीको काम अब द्रुत गतिमा अघि बढाउने बताइन् । मेलम्ची आयोजना सुरु हुँदादेखि अहिलेसम्म २४ औं पटक मन्त्री फेरिएको कुरा एक जना मन्त्रीले गरेको छ । उनले भने, अब २५ औं पटक मन्त्री नफेरियोस् । हामी त्यही स्पीडमा काम गर्दैछौं । मेलम्चीको सन्दर्भमा अन्तरवस्तुलाई केलाएर हल गर्ने तयारीमा छौं ।
काम छाडेर हिंडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका छैन । त्यो कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण अरु देशमा पनि उसका आयोजनाहरु अलपत्र परेको समाचार बझ्नु पर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस