aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मोदीले दिए किसानलाई २१ हजार करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ जेठ २०७९
मोदीले दिए किसानलाई २१ हजार करोड

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाअन्तर्गत १० करोड भन्दाबढी किसानहरूलाई रु २१ हजार करोड हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री मोदी ‘गरीब कल्याण सम्मेलन’ मा सहभागी हुन आज यहाँ आएका बेला उक्त रकम हितानुपेक्षी किसानलाई हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री मोदिले स्थानीय रिज मैदानमा जारी सम्मेलनका क्रममा किसानहरूसँग विभिन्न सरकारी योजनाबारे पनि छलफल गरेका थिए । 

उनले देशभरका जनप्रतिनिधिसँग सरकारले सञ्चालन गरेका विभिन्न कल्याणकारी कार्यक्रमका बारेमा प्रतिक्रिया मागेका थिए । प्रधानमन्त्री कार्यालयका अनुसार मुलुकका नागरिकको सहज जीवनयापनमा सुधार ल्याउन सरकारी कार्यक्रमको पहुँच र वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारले मे ३० मा केन्द्रमा आफ्नो आठ वर्ष पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस