aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

अख्तियार फन्दामा अध्यागमन अधिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
अख्तियार फन्दामा अध्यागमन अधिकृत

ओमान उड्न लागेका १८ महिला लाइनमा उभिएका छन् । उनीहरु प्रस्थान अनुमतिको छाप लगाउन आ–आफ्नो पासपोर्ट अध्यागमन अधिकृतलाई बुझाउने हतारोमा छन् ।

त्यही बेला अधिकृत पराजुलीले कम्प्युटरको तार छुटाउँछन् । कम्प्युटर बन्द हुन्छ । त्यसपछि उनले पालैपालो आफ्ना दुईवटा  फोनबाट कसैसँग कुरा गर्छन ।

निकै निकै हतारिएजस्तो देखिएका उनले एकै छिनमा एकैछिनमा सबैको पासपोर्टमा प्रस्थान अनुमतिको छाप लगाउँछन् ।

नियमत प्रस्थान अनुमति ककसलाई, कुन देश जान, कुन मितिमा प्रदान गरियो भनेर अध्यागमन अभिलेखमा राख्न कम्प्युटर इन्ट्री अनिवार्य हुन्छ । तर अधिकृत पराजुलीले प्रस्थान अनुमति दिएपनि कसैको रेकर्ड राख्दैनन् ।

यसरी ‘सेटिङ’ मा ओमानको हाउसमेडको काममा हिंडेका महिलाहरुलाई सजिलै प्रस्थान अनुमति दिएका पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस