aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

ब्याज घटाउने सूत्रमा बैंकको आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ साउन २०७६
ब्याज घटाउने सूत्रमा बैंकको आपत्ति

काठमाडौँ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) गणना विधि  (सुत्र) परिमार्जन गरेकोमा बैंकर्स संघले आपत्ति जनाएको छ ।

अहिलेकै अवस्थामा नयाँ व्यवस्ता लागू भए बैंकको नाफा करिब २५ प्रतिशतले घट्ने भन्दै संघले विमति जनाएको हो । बुधबार बसेको बैंकर्स संघको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था भन्दै सोमबार स्प्रेड गणना, बैंकास्योरेन्समा बन्देज लगायत विविध विषय कार्यान्वयनका लागि निर्देशन जारी गरेको थियो ।

सो निर्देशनले बैंकको मुनाफा र व्यवसाय विस्तारमा प्रत्यक्ष असर परेको भन्दै संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘परिपत्रमा उल्लेख भएका केही बुँदाहरुले समग्र अर्थतन्त्र तथा बैकिङ क्षेत्रमा दीर्घकालीन रुपमा नकारात्मक असर पार्ने देखिएकाले संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । यसकारण ती बुँदाहरु परिमार्जन गर्न पनि संघले राष्ट्र बैंकलाई आग्रह गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस