aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पूरा भयोः रवीन्द्र मिश्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ जेठ २०७९
म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पूरा भयोः रवीन्द्र मिश्र

काठमाडौं । केहिदिन अघि विवेकशील साझा पार्टीको नेतृत्वबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू खुइलिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू खुइलिएको बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘ती (अ)मित्र (हरू)मा समर्पित, जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, ‘तपाईँलाई नखुइल्याई त मेरोरहाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि’, अब म खुइलिएँ। तपाईं (हरू)को राजनीतिक अभिष्ट पुरा होस्,  यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईँ (हरू)लाई शुभकामना छ ।’ 

प्रतिक्रिया दिनुहोस