aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यस वर्षको पहिलो आँधीले मेक्सिकोको दक्षिणी क्षेत्रमा विनाश मच्चायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ जेठ २०७९
यस वर्षको पहिलो आँधीले मेक्सिकोको दक्षिणी क्षेत्रमा विनाश मच्चायो

एजेन्सी । प्रशान्त महासागरमा यस वर्षको पहिलो आँधी अगाथाले मेक्सिकोको दक्षिणी क्षेत्रमा विनाश मच्चाएको छ । हावाहुरीले धेरै ठाउँमा बाढी र पहिरो ल्याएको छ । यहाँ कम्तिमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । Huatulco को रिसोर्ट नजिकै ३ बालबालिका बेपत्ता भएको रिपोर्ट पनि छ।

जानकारी दिँदै दक्षिणी सहर ओक्साकाका गभर्नरले भने– ‘अगाथा’ को प्रभावका कारण प्रतिघण्टा १६५ किलोमिटरको गतिमा हावा चलिरहेको थियो । अमेरिकाको नेशनल हरिकेन सेन्टरका अनुसार ७३ वर्षपछि मेक्सिकोमा यस्तो भयानक आँधी आएको छ । यसैबीच धेरै ठाउँमा उद्धार टोली परिचालन गरिएको छ । बेपत्ताहरुको खोजी जारी छ ।

प्रतिक्रिया दिनुहोस