aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रुस युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
रुस युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव

एजेन्सी । रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा यो समस्या झन् बढ्न सक्ने जनाएको हो ।

द्वन्द्वका कारण सो क्षेत्रमा र त्यहाँ मात्र नभएर खाद्य असुरक्षाको अवस्था विभिन्न देशहरु हुदै संसारभर फैलिन पनि सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले बुधबार स्टकहोल्ममा सो कुरा बताएका थिए ।   

महासचिव गुटर्रेसले बुधबार नै स्वीडेनका प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँग भेटवार्ता गर्नुभएको थियो । त्यस भेटका क्रममा उनले विश्वमा बढ्दो खाद्य असुरक्षाका बारेमा कुराकानी पनि गरेको बताईएको थियो । त्यसक्रममा उनले रुस युक्रेन द्वन्द्वका साथै महामारीपछिको युरोपका बारेमा कुराकानी पनि गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस