aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अध्यक्ष नेपाल भन्छन्– ‘तत्काल वाम एकता सम्भव छैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
अध्यक्ष नेपाल भन्छन्– ‘तत्काल वाम एकता सम्भव छैन’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् । 

अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए । “अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेका छन्”, उनले भने, “हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्दै भने, “बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी होइन ।” उनले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा राखे । स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस