
एजेन्सी । रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) का अध्यक्ष मुकेश अम्बानी फेरि एसिया र भारतको सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले अदानी समूहका अध्यक्ष गौतम अडानीलाई पछाडि छोडेका छन । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार पछिल्लो दुई दिनमा आरआईएलको शेयर मूल्यमा भएको वृद्धिका कारण अम्बानीको कुल सम्पत्ति ९९.७ बिलियन डलर पुगेको छ । अडानीको कुल सम्पत्ति ९८.७ बिलियन डलर छ । फोब्सको रियलटाइम अर्बपतिको सूचीमा मुकेश अम्बानीले पनि पछि परेका छन् ।
ब्लुमबर्गको विश्वका धनीहरूको सूचीमा मुकेश अम्बानी आठौं र गौतम अदानी नवौं नम्बरमा छन् । टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्क पहिलो नम्बरमा छन् । उनको कुल सम्पत्ति द्दद्दठ बिलियन डलर अर्थात् लगभग १७.६ लाख करोड रुपैयाँ छ । दोस्रो नम्बरमा अमेजनका मालिक जेफ बेजोस छन् । जसको कुल सम्पत्ति १४९ बिलियन डलर छ । तेस्रो नम्बरमा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट छन् । जसको कुल सम्पत्ति १३८ बिलियन डलर छ ।
फोब्सको रियलटाइम अर्बपतिहरूको सूचीमा मुकेश अम्बानी १०४.२ बिलियन डलरको कुल सम्पत्तिका साथ ६ नम्बरमा छन् । गौतम अडानी १००.३ बिलियन डलरको साथ नवौं नम्बरमा छन् । फोर्ब्सका अनुसार एलोन मस्कको कुल सम्पत्ति २३३.७ बिलियन डलर छ । बर्नार्ड अर्नाल्ट १५८ बिलियन डलरको साथ दोस्रो स्थानमा छन् । तेस्रो नम्बरमा जेफ बोगेस छन्, जसको कुल सम्पत्ति १५१.२ बिलियन डलर छ ।
प्रतिक्रिया दिनुहोस