aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिवन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ जेठ २०७९
यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिवन्ध

ब्रसेल्स । यूरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिवन्ध लगाउने औपचारिक निर्णय शुक्रबार गरेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिवन्ध गरेर संघले दवाव दिएको हो ।

रूसबाट इन्धन आयातमा प्रतिवन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ । यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिवन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।
 
रूसले यूक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत् विवाद अन्त्य गर्न आग्रह गर्दैआएका छन् । 

रूसले यूक्रेनमा आक्रमण सुरु गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । इन्धन व्यापारमा प्रभाव परेकाले विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको हो । एएफी 

प्रतिक्रिया दिनुहोस