एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति लगातार दोस्रो साता बढेर ६०० अर्ब डलर पुगेको छ । भारतको विदेशी मुद्रा सञ्चिति लगातार दोस्रो साता बढेको हो । भारतीय रिजर्भ बैंकका अनुसार वैदेशिक मुद्रा सञ्चिति मे २७ गते समाप्त भएको साता ३ अर्ब ८५४ करोड डलरले बढेर ६०१।३६३ अर्ब डलर पुगेको छ ।
यो अघिल्लो साता ४ अर्ब २३० करोड अमेरिकी डलरले बढेर ५९७ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । भारतीय रिजर्भ बैंकका अनुसार पछिल्लो साता विदेशी मुद्रा सम्पत्ति ९एफसीए० र सुनको सञ्चितिमा भएको वृद्धिका कारण विदेशी मुद्रा सञ्चिति पनि बढेको छ ।
वैशाख २७ गते समाप्त भएको सातामा एफसीए ३ अर्ब ६१ करोड डलरले बढेर ५३६ अर्ब ८८ करोड डलर पुगेको छ । योसँगै सुनको सञ्चिति ४० अर्ब ९१७ अर्ब डलरले बढेर ९४ अर्ब डलर पुगेको छ ।
प्रतिक्रिया दिनुहोस