aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एकीकृत समाजवादीका मन्त्री हेरफेर, बुझायो नयाँ मन्त्रीको सूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ जेठ २०७९
एकीकृत समाजवादीका मन्त्री हेरफेर, बुझायो नयाँ मन्त्रीको सूची

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि नयाँ नामावली बुझाएको छ । नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको हो ।

आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

प्रधानमन्त्रलीलाई बुझाएको लिस्टमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तथा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन्।

प्रतिक्रिया दिनुहोस