काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेता तथा दवंग नामले चिनिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट बाहिरीने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू हेरेफेर गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ । शनिबारदेखि चलिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थिए ।
सरकारमा पार्टीका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच मन्त्री सहभागी छन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ छन । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पूर्वतयारीका लागि तीनै तहका सरकार र सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस