
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कृषिलाई प्रमुख प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले कृषिलाई प्रमुख प्राथमिकता दिएर नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुपथ मूल्य पसल सञ्चानल गर्ने योजना राखेको छ । त्यस्तै, प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिँदै विभिन्न नारामा कार्यक्रमहरु ल्याएको छ । ‘प्रदेश सरकार, कृषिको अभिभावक’ भन्ने नाराका साथ कृषि उपजको उत्पादन, लागत तथा जोखिम घटाउन कृषकलाई यन्त्र, उपकरण, उन्नत बिउ, बेर्ना, नश्ल, मलखाद, सिंचाई रहेका छन् ।
नवीनतम प्रविधि, तालिम, प्राविधिक सहयोग, बाली तथा पशु बिमाको प्रिमियम शुल्क, कृषि ऋणको व्याज, विद्युत महसुल र भन्सार महसुलमा अनुदानको व्यवस्था गरी सहज र सर्वसुलभ रुपमा उपलब्ध गराइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
नीति तथा कार्यक्रममा कृषकको साथी मोबाइल एप, कृषि क्लिनिक र कृषि एम्बुलेन्स जस्ता नवीनतम अवधारणाको माध्यमबाट कृषि उत्पादन बृद्धि गरिने जनाइएको छ । कृषिजन्य वस्तुको प्रतिस्थापन, निर्यात प्रवर्द्धन र खाद्य तथा पोषणा सुरक्षा प्रत्याभूत गराउन कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
‘आजको लगानी बोट, भोलिको प्रतिफल नोट’ भन्ने नाराका साथ फलफूल बगैंचा स्थापना र फलफूल विरुवा रोपण अभियान सञ्चालन गर्ने सरकारको योजना छ । जसअन्र्तगत बिरुवा स्याहार बापत किसानलाई प्रोत्साहन दिने, प्रमुख राजमार्ग, सहायक राजमार्ग, हुलाकी सडक र अन्य स्थानीय सडक आसपासका क्षेत्रमा व्यावसायिक खाद्यान्न, फलफूल र उच्च मूल्यका बस्तुको खेती गर्न प्रोत्साहन गरिने उल्लेख छ ।
‘आफूलाई चाहिने बिउ, आफै उत्पादन गरौं’ भन्ने नाराका धान, मकै र गहुँजस्ता प्रमुख खाद्यान्न बाली एवं दाल, तरकारी, घाँस आदिको बिउ बिजन उत्पादन, प्रशोधन र बजारीकरण गर्ने नीति प्रदेश सरकारले अघि सारेको छ । ‘मेरो उत्पादन, प्रदेशको पहिचान’ भन्ने नारा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस