aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राजश्व वृद्धि हुने आधार देखिएन : महासचिव पोखरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ जेठ २०७९
राजश्व वृद्धि हुने आधार देखिएन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजश्व वृद्धि हुने वस्तुहरुको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन ।

नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेटका सम्बन्धमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले राजश्व वृद्धि हुने वस्तुहरुको धेरै आयातका कारण आगामी वर्ष राजश्व वृद्धि हुने र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने वस्तुगत आधार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस