aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

समाजवादीका मन्त्री नफेरिने भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ जेठ २०७९
समाजवादीका मन्त्री नफेरिने भए

काठमाडौं । नेकपा एकिकृत समाजवादीले आफ्ना मन्त्री फेर्ने विषयलाई तत्काल कार्यान्वयन नगर्ने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलमा बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेर नगर्ने सहमति जुटेको हो ।

नेकपा एकिकृत समाजवादीले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई मन्त्री पदबाट बाहिर निकाल्ने योजना सहित प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ बन्ने मन्त्रीहरुको नाम समेत बालुवाटार पठाइसकेको थियो । 

प्रतिक्रिया दिनुहोस