aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नापी कार्यालय चावहिलका सर्भेक्षक र अमिन घुँस सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ जेठ २०७९
नापी कार्यालय चावहिलका सर्भेक्षक र अमिन घुँस सहित पक्राउ

काठमाडौं । नापी कार्यालय, चावहिल १ नं नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी र अमिन प्रकाश राज भट्ट घुँस सहित पक्राउ परेका छन् । उृनीहरुलाई जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस र रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोली पक्राउ गरेको हो । उनीहरु सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आइतबार पक्राउ गरेको अख्तियारले जनाएको छ । 

अनुसन्धानको सिलसिलामा नापी कार्यालय, चावहिल १ नं नापी टोली, बुढानिलकण्ठका सर्भेक्षक विनोद केसी र अमिन प्रकाश राज भट्टको मिलेमतोमा जग्गा हालसाविक गर्ने कार्यको लागि सेवाग्राहीसँग घुस  लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । उनीहरुलाई भ्रष्टचार कानुन बमोजिम जरिवाना तथा कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ  ।  

प्रतिक्रिया दिनुहोस