aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

साउनदेखि काठमाडौंको फोहोर घरमै छुट्याउनुपर्ने, आजदेखि फोहोर उठ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ जेठ २०७९
साउनदेखि काठमाडौंको फोहोर घरमै छुट्याउनुपर्ने, आजदेखि फोहोर उठ्ने

 काठमाडौं । आगामी साउन १ गतेबाट घरबाट निष्काने फोहोर स्रोतमै फोहोर छुट्याउनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धतापछि फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको छ ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् ।  सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ ।

शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।  गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र  ललितपुर महानगरपालिकाको फोहोर उठ्न सकेको छैन ।

सोमबार भएको बैठकमा बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस