
काठमाण्डौं । ललितपुर महानगरपालिका धापाखेलको डाउनटाउन अपार्टमेन्टबाट जुवातास खेलिरको अबस्थाबाट १२ जना पक्राउ परेका छन् । उक्त अपार्टमेन्टमा रंजित महर्जनले संचालन गरेको उक्त जुवाको खालबाट नगद ८ लाख ४० हजार रूपैयाँ, कौडा थान १६, पासा १ सेट र तास १ बुक सहित १२ जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा बुधबार २०ः३० बजे ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस